काठमाडौं । मर्जरपछि साधारण सभा सम्पन्न गर्ने प्रकृयामा सुर्यज्योती लाइफ इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ । मर्जर प्रकृयामा सहभागी भएका र नभएका अन्य बीमा कम्पनीहरुको तुलनामा सुर्यज्योती अग्रस्थानमा देखिएको हो ।
कुनै पनि बीमा कम्पनीहरुले आफनो साधारण सभा गराउँनु पूर्व नेपाल बीमा प्राधिकरणमा आफ्नो व्यालेन्सिट स्विकृत गराउँनु पर्छ । त्यसरी व्यालेन्सिट स्विकृत गराउँन सबै निर्जीवन बीमा कम्पनीहरु सफल भएका छन् ।
जीवन बीमा कम्पनी
कुनै पनि कम्पनीले समयमा व्यालेन्सिट स्विकृत नगर्दा उनीहरुलाई साधारण सभा गर्न ढिलाई हुने देखिन्छ । त्यसरी सभा बस्न ढिला गर्दा सबै भन्दा ठूलो नोक्सानी सम्बन्धित बीमा कम्पनीले नै व्यहोर्नु पर्ने भएकाले सक्दो छिटो साधारण सभा सम्पन्न गर्न आफूहरुले पनि पहल गर्दै आएको नेपाल बीमा प्राधिकरणले बताएको छ । यता बीमा कम्पनीहरुले पनि आफूहरु साधारण सभाको प्रकृयामा रहेको र अन्तिम व्यालेन्सिट स्विकृतीका लागि अन्तिम तयारी भइरहेको बताएका छन् ।


































