National life

महाशिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ ? यस्तो छ वैकल्पिक मार्ग, पार्किङ सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०३ फागुन २०८२, आइतबार
1.1kShares
महाशिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ ? यस्तो छ वैकल्पिक मार्ग, पार्किङ सुविधा
ncell

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्व आज देशभर श्रद्धा र आस्थाका साथ मनाइँदै छ। विशेषगरी पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। पशुपति क्षेत्रमा पूजाआजा तथा दर्शनका लागि आउने भक्तजनलाई सहज वातावरण उपलब्ध गराउन सवारी सञ्चालन, पार्किङ र सम्भावित डाइभर्सनको स्पष्ट व्यवस्था गरिएको छ।

सवारी आवागमन र वैकल्पिक मार्ग

दर्शनार्थीको चाप अत्यधिक भई गौशाला क्षेत्र हुँदै चक्रपथमा सवारी सञ्चालन असहज भएमा मात्र गौशालामा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग प्रयोग गरिने ट्राफिकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सामान्य अवस्थामा चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सवारी सञ्चालन निर्वाध रहने व्यवस्था मिलाइएको छ।

तर भीडभाडका कारण अवरोध सिर्जना भएमा चाबहिल–गौशाला, पुरानो बानेश्वर–गौशाला, ज्ञानेश्वर–मैतिदेवी–रातोपुल हुँदै गौशाला, तथा सिफल चौर–जय बागेश्वरी रुटमा डाइभर्सन लागू गरिने योजना छ।

तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ तथा पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने मालबाहक सवारी साधनलाई आवश्यकता अनुसार निषेध गरिनेछ। बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनका लागि गुहेश्वरी पारी पार्किङ तोकिएको छ।

यस्तो छ पार्किङ व्यवस्था

१. सिफल चौर – दर्शनार्थी, पासवाहक तथा सुरक्षाकर्मीका सवारी साधन।

२. गुहेश्वरी पारी – तीर्थयात्री तथा दर्शनार्थीका सवारी साधन।
३. पशुपति क्षेत्र विकास कोष कार्यालय/भण्डारखाल – पासवाहक सवारी साधन।
४. तिलगंगा आँखा अस्पताल र करिडोर क्षेत्र – तीर्थयात्री, दर्शनार्थी तथा पर्यटकका सवारी साधन।
५. वनकाली क्षेत्र – शिविर सञ्चालन गर्ने संघ–संस्था, दमकल, एम्बुलेन्स, खानेपानी तथा सुरक्षाकर्मीका सवारी साधन।
६. प्रहरी वृत्त गौशाला – पासवाहक तथा सरकारी सवारी साधन।

प्रशासनले सर्वसाधारणलाई सार्वजनिक यातायातको प्रयोग गर्न, ट्राफिक नियमको पालना गर्न र सुरक्षाकर्मीको निर्देशनअनुसार सहयोग गर्न आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?