National life

महासंघ प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच भेट, अर्थतन्त्रमा सुधार ल्याउन ‘बुस्टर जोड’को माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१२ कात्तिक २०८२, बुधबार
1.2kShares
महासंघ प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच भेट, अर्थतन्त्रमा सुधार ल्याउन ‘बुस्टर जोड’को माग
ncell

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघ र अर्थमन्त्री रामेश्वर खनालबीच भेटघाट भएको छ । महासंघका अध्यक्ष भागिरथ सापकोटाको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले अर्थमन्त्री खनाललाई भेटी भदौं २३ र २४ गतेको जेन्जी आन्दोनमा उद्योगी व्यवसायी माथि भएको हमलाको विषयमा ध्यानाकर्षण गराएका थिए ।

‘भदौ २३ गते जेन्जीले आन्दोलन गरेपनि २४ गते जेन्नीको नाममा व्यवसायी संरचना तोडफोड तथा जनाउने काम भयो त्यो एकदमै गलत र निदन्नीय छ,’ अर्थमन्त्रीसँगको भेटमा सापाकोटाले भने, ‘यदि सरकारले त्यस्ता अपराधिक गतिविधिमा लाग्नेमाथि कारबाही नगर्ने हो भने देशमा व्यवसायीक वातावरण बन्ने छैन ।’

यसैगरी जेन्जी आन्दोलनलाई एउटै बास्केटमा राखेर हेर्ने हो भने त्यसले आगामी दिनमा थप अराजकता फैल्याउने काम गर्ने सापकोटाको भनाई थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘यदि जेन्जीले जुन मुद्दा उठाएर आन्दोलन गरेका छन् र उनीहरुले २३ गते जसरी आन्दोलन गरेका थिए त्यसमा हामीले विरोध गरेका छैनौं,’ उनले भने, ‘तर २४ गते जसरी व्यवसायी प्रतिष्ठान तथा उद्योगी व्यवसायी, सर्वसाधारण र राज्यको सम्पती जलाइयो त्यस्तालाई सरकारले तत्काल कारबाहीको दायरामा ल्याउनु पर्छ ।’ जेन्जी आन्दोनका नाममा भएको अपराधिक गतिविधिले अहिले व्यवयासीको मनोवल खस्किएको भन्दै त्यसलाई उकास्न सरकारले अविभावकीय भुमिका निर्वाह गर्नुपर्ने महासंघको आग्रह थियो ।

साथै अहिलेको अर्थतन्त्र उकास्त सामान्य पहल नभई राज्यको तर्फबाट बुस्टर डोज चाहिले महासंघको भनाई थियो । यसैगरी अहिले देखिएको डेडिकेटेड ड्रक लाईन विवादलाई निचोडमा पुर्याउन सरकारले पहल गर्नुपर्ने महासंघको माग थियो ।

उक्त भेटका अर्थमन्त्री खनालले उक्त जेन्जी आन्दोलनले निम्त्याएको घटनालाई दुई भागमै राखेर अनुसन्धान तथा छानविन गरिने बताएका छन् । आन्दोनको नाममा व्यवसायीक संरचनामा तोडफोड तथा आगजानी गर्नु गलत भएको भन्दै दोषीमाथि कारबाही गरिने अर्थमन्त्रीको भनाई थियो । साथै अहिले बनेको सरकारले देशमा व्यवसायीक वातावरण बनाउन पहल गरिरहेको समेत जानकारी गराएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?