National life

यस्ताे छ प्रधानमन्त्री प्रचण्डको ८ दिने चीन भ्रमण गर्ने कार्यक्रम  

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०४ असोज २०८०, बिहिबार
570Shares
यस्ताे छ प्रधानमन्त्री प्रचण्डको ८ दिने चीन भ्रमण गर्ने कार्यक्रम  
ncell

काठमाडौँ । हाल अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यतैबाट चीन प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डको छिमेकी मुलुक चीनको ८ दिने भ्रमण तालिका सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १३ गतेसम्म चीनको भ्रमण गर्ने कार्यक्रम रहेको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाबाट चीन प्रस्थान गर्न लागेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रचण्डपुत्री गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिद्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ तथा अन्य वरिष्ठ सरकारी अधिकारी र व्यापारी समुदायका प्रतिनिधिहरु रहने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङ्झाउमा भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै उनले आफ्ना समकक्षी प्रधानमन्त्री लीसँग द्विपक्षीय भेटवार्ता पनि गर्नेछन्। यस्तै बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता तय भएको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रधानमन्त्रीले बेइजिङस्थित नेपाली दूतावासमा आयोजना गरिएको चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै प्रधानमन्त्री सेप्टेम्बर २३ मा हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भ्रमणका क्रममा प्रधानमन्त्री चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न चोङकिङ नगरपालिकाको भ्रमणमा जाने पनि कार्यक्रम बनेको छ । यस्तै उनले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन् ।

प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सदियौं पुरानो द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउनुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहयोगका क्षेत्रहरूलाई विस्तार गर्ने विश्वास लिइएको छ ।

प्रधानमन्त्री प्रचण्ड असोज १३ गते स्वदेश फर्किने छन् ।

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?