National life

यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, प्रहरी अपरेशनमा १५ पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१६ चैत २०८२, सोमबार
1.2kShares
यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, प्रहरी अपरेशनमा १५ पक्राउ
ncell

काठमाडौं। एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय परिसरमा सक्रिय बिचौलिया गिरोहविरुद्ध प्रहरीले कडाइ थालेको छ। सेवाग्राहीलाई अनावश्यक हैरानी दिने, “छिटो काम गराइदिने” बहानामा रकम असुल्ने र कार्यालयको नियमित सेवा प्रवाहमै अवरोध पुर्‍याउने आरोपमा १५ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले विशेष अपरेशन सञ्चालन गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। पछिल्लो समय “फास्ट ट्रयाक” मा काम मिलाइदिने नाममा अतिरिक्त रकम असुल्ने गुनासो बढ्दै गएपछि प्रहरीले निगरानी बढाएर कारबाही अघि बढाएको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरीका अनुसार पक्राउ परेकाहरूले सेवाग्राहीलाई लामो लाइनबाट बचाइदिने, लिखित तथा ट्रायल परीक्षा सहज बनाइदिने जस्ता प्रलोभन देखाउँदै अवैध रूपमा रकम उठाउने गरेका थिए। यसले सेवाग्राहीमाथि आर्थिक भार मात्र बढाएको छैन, सरकारी सेवा प्रणालीप्रति अविश्वाससमेत पैदा गरिरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई हाल प्रहरी वृत्त सातदोबाटोमा राखी थप अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन्। उनीहरूविरुद्ध ठगी तथा सार्वजनिक सेवा प्रवाहमा अवरोध सम्बन्धी कसुरमा कारबाही अघि बढाइने तयारी भइरहेको बताइएको छ।

प्रहरीले बिचौलिया नियन्त्रण अभियानलाई अझ सशक्त बनाउँदै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई पनि नछोड्ने चेतावनी दिएको छ। साथै, सेवाग्राहीलाई कुनै पनि प्रकारको प्रलोभनमा नपरी आधिकारिक प्रक्रिया मार्फत सेवा लिन अनुरोध गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?