काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका विभाग तथा कार्यालयका सूचना तथा गुनासो सुन्ने अधिकारीको विवरण सार्वजनिक गरेको छ । मालपोत र नापी विभाग तथा कार्यालयका सम्बन्धित अधिकारीको विवरण सार्वजनिक गरिएको हो ।
नागरिकलाई सहज सूचनाको पहुँच स्थापित गर्न सूचना अधिकारीहरूको मोबाइल नम्बर तथा इमेल सार्वजनिक गरिएको छ । कार्यालयबाट हुने सेवा तथा भूमिसम्बन्धी कुनै समस्या भएमा तत्कालै जानकारी गराउनका निम्ति गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
गुनासो सुन्ने अधिकारीको पनि मोबाइल नम्बर र इमेल ठेगानसहित विवरण सार्वजनिक गरिएको छ । साथै, सबै कार्यालय प्रमुखलाई सूचना प्रभाव र गुनासो व्यवस्थापनलाई सक्रिय बनाउन निर्देशन दिइएको छ । मातहतका सूचना तथा गुनासो सुन्ने अधिकारीलाई कार्यालय समयमा अनिवार्य फोन उठाउन भनिएको मन्त्रालयले जनाएको छ ।
देशभरका मालपोत कार्यालयका सूचना र गुनासो सुन्ने अधिकारीको विवरण : 





































