National life

रिडी पावरको हकप्रद सेयर बाँडफाँड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ चैत २०८०, बिहिबार
545Shares
रिडी पावरको हकप्रद सेयर बाँडफाँड
ncell

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले गत फागुन १८ गतेबाट चैत ८ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ ।गत माघ २१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि कम्पनीले निष्कासन गरेको हकप्रद सेयर चैत २० गते बाँडफाँड भएको हो ।

कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री आवेदन खुलाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ६० हजार ६०२ सेयरधनीहरुलाई ६६ लाख ८ हजार ८४९ कित्ता हकप्रद सेयर बाँडफाँड भएको कम्पनीले जनाएको छ ।

उक्त हकप्रद सेयर निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धकसहितको संयुक्त बाँडफाँड समितीले सिफारिस गरे बमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले सो बाँडफाँडलाई स्वीकृती प्रदान गरेको कम्पनीले जनाएको छ ।

हकभन्दा बढी सेयर माग गरी दरखास्त आवेदकहरुको हकमा बाँडफाँडमा नपरेको हकप्रद सेयर बापतको रकम चैत २३ गतेदेखि आईपीएसमार्फत आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
545SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?