National life

लाभांश वितरणको मुख्य एजेण्डा सहित रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ जेठ २०८२, बिहिबार
773Shares
लाभांश वितरणको मुख्य एजेण्डा सहित रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सभा आह्वान
ncell

काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नगद लाभांश वितरणका लागि सभा आह्वान गरेको छ । सभा आगामी असार २ गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजे आठौँ वार्षिक साधारण सभा बोलाएको छ।

उक्त सभाले हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखा परीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब १९ करोड ६८ लाख पुग्ने भएकाले सोही बमोजिम गर्न र नियमनकारी निकायबाट निर्देशन भएमा वा आवश्यक परेमा कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २६ गते १ दिन बुक क्लोज गर्ने जनाएको छ। यसर्थ जेठ २५ गतेसम्म कायम शेयर धनीहरू मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
773SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?