National life

विवादका बिचमा जनता समाजवादी पार्टीले पायो नयाँ दलको मान्यता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ वैशाख २०८१, मङ्गलबार
698Shares
विवादका बिचमा जनता समाजवादी पार्टीले पायो नयाँ दलको मान्यता
ncell

काठमाडौँ । जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिएको छ।

केन्द्रीय सदस्य वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए हुन नियमावलीअनुसार नयाँ दल दर्ता भएको आयोगले जनाएको छ ।

अशोक राईको नेतृत्वमा सात सांसदसहित ३० केन्द्रीय सदस्यले मूल पार्टीबाट अलग भएको जनाउँदै नयाँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका थिए।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भने दल विभाजनसम्बन्धी निर्वाचन आयोगमा दिएको निवेदन अवैधानिक भएको दाबी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसपाका प्रवक्ता मनीषकुमार सुमनले सोमबार विज्ञप्तिमार्फत दल विभाजन भएको भ्रममा नपरी सबै केन्द्रीय सदस्यलाई पार्टीले तोकेको जिम्मेवारीमा लाग्न आग्रह गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
698SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?