National life

शिक्षक आन्दोलन वार्ताको नजिक : मन्त्रालयमा वार्ता सडकमा नाराबाजी र प्रदर्शन जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ वैशाख २०८२, बुधबार
797Shares
शिक्षक आन्दोलन वार्ताको नजिक : मन्त्रालयमा वार्ता सडकमा नाराबाजी र प्रदर्शन जारी
ncell

काठमाडौँ । आन्दोलनरत शिक्षकले आज २९ औँ दिन समेत आफ्नो आन्दोलन जारी राखेका छन् । उता सरकारबिच गए राति भएको वार्ता सहमति नजिक पुगेको छ। आज थप छलफल गरेर सहमतिमा पुगिने भएको निश्चित जस्तो भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग वार्ता सकारात्मक दिशामा अघि बढेको जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वार्तामा शिक्षकहरूले विभिन्न ९ बँदे प्रस्ताव राखेको र त्यसमा आज थप छलफल गरेर टुङ्ग्याइने मन्त्रालयले जनाएको छ।

अघिल्लो दिन शिक्षामन्त्री रघुजी पन्त र महासंघका पदाधिकारीबिचको वार्ता राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो। वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

शिक्षकहरूले आफूहरूले राखेको ९ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा आन्दोलनको स्वरूप फेर्ने बताएका छन्। अहिले बिहानै महासंघ आन्तरिक छलफलमा जुटेको छ। रत्नराज्य मावि बानेश्वरमा छलफल चरिरहेको र आन्दोलनको मोडालिटीबारे निर्णय गरिरहेको महासंघले जनाएको छ। आजको निर्धारित आन्दोलनको कार्यक्रम भने यथावत् रहेको महासंघको भनाई छ।

आज बिहान ११ बजेदेखि माइतीघर मण्डलाबाट आन्दोलन शुरु हुनेछ। सरकार पक्षसँग लगातार छलफल र संवाद चलिरहेको भन्दै महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले संवादमा हुनेहरू डटेर माग मुद्दामा लडिरहेकोले शिक्षकहरूलाई आन्दोलनलाई मर्यादित र अनुशासित गराउन अनुरोध गरेका छन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा गत चैत २० गतेदेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
797SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?