National life

शिक्षकहरू फेरि किन आए एकाएक सडक आन्दोलनमा ? (तस्बिरसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० चैत २०८१, बुधबार
752Shares
शिक्षकहरू फेरि किन आए एकाएक सडक आन्दोलनमा ? (तस्बिरसहित)
ncell

काठमाडौँ । यतिबेला माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरूको लाइनले भरिएको छ । केही महिना अगाडि यसैगरी सडकभर छरिएर आन्दोलनरत बनेका शिक्षकहरू आज फेरि उही झल्को दिलाउने गरी सडकमा आएका छन् ।

विद्यालय शिक्षा ऐन जारीको माग गर्दै उनीहरू आन्दोलित भएका हुन्। विद्यालय तहको परीक्षा सकाएर देशभरका शिक्षकहरू काठमाडौँमा भेला भई प्रदर्शनमा उत्रिएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संसद्ले कानून नदिएको भन्दै देशैभरबाट शिक्षक विरोधमा उत्रिएका छन् ।

उनीहरूले विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, शिक्षा ऐन जारी हुनुपर्ने शिक्षक पेशालाई सम्मान गरिनुपर्ने लगायत विभिन्न नारा सहित प्रदर्शनमा उत्रिएका छन्। आजदेखि काठमाडौँ केन्द्रित भएको  शिक्षकहरू आन्दोलन अनिश्चित भनिएको छ ।

नेपाल शिक्षक महासंघको अगुवाइमा उक्त आन्दोलन भएको हो। यस अगाडि दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने भन्दै प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिएको थियो।

तर, सदनको हिउँदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चित कालीन काठमाडौँ केन्द्रित सडक आन्दोलन सुरु गरेको छ । यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ ।

महासंघले आफ्ना मागहरु पुरा नभए शिक्षकहरू विद्यालय नफर्कने चेतावनी समेत दिएको छ। शिक्षकहरूले हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको महासंघले जनाएको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको महासंघले जनाएको छ । आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी भएका छन् ।

शिक्षा विधेयक प्रतिनिधिसभामा पेश भई  छलफलका क्रममा छ। विधेयकमा रहेका कतिपय प्रावधानमा  शिक्षकहरूको असहमति रहँदै आएको छ । राज्यले शिक्षकलाई दुख दिने काम गरेको र यो शैय नभएको महासंघले उद्घोष गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
752SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?