National life

सडक निर्माणनै नगरी पैसा खाने ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ असार २०८०, शुक्रबार
658Shares
सडक निर्माणनै नगरी पैसा खाने ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
ncell

काठमाडौं । सडक निर्माणका क्रममा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार ओखलढुंगाको मोलुंग गाउँपालिका–२ काफलबोटदेखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा कीर्ते गरी नक्कली फाइल खडा गरी अनियमितता गरेको पाइएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ओखलढुंगाले निर्माण गरेको मशिनरी वाल र सडक देखाई उपभोक्ता समितिले निर्माण गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने उद्देश्यले गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनहरू तयार गरी।गराई, स्वीकृत गरी ३ लाख ८२ हजार ५० रुपैयाँ हानी पुर्‍याउन बदनियतपूर्वक भुक्तानी समेत गरेको उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनीयर माधव निरौला, असिस्टेन्ट सबइन्जिनीयर शिवप्रसाद अधिकारी, अध्यक्ष दिपेन्द्र राई, सचिव भक्तराज राई र कोषाध्यक्ष ननमाया राई, तत्कालीन वडाध्यक्ष टंकबहादुर कार्की, तत्कालीन उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक हेमकुमारी तामाङ, तत्कालीन वडा सदस्य ओमबहादुर राई, लेखा अधिकृत प्रवल घिमिरे, योजना शाखा प्रमुख नायब सुब्बा वोदन केसीलाई विपक्षी बनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
658SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?