National life

सपोर्ट लघुवित्तको खुद नाफा १०४ % ले वृद्धि , ६ महिनामा ३ करोड १७ लाख कमाइ

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१३ माघ २०८२, मङ्गलबार
676Shares
सपोर्ट लघुवित्तको खुद नाफा १०४ % ले वृद्धि , ६ महिनामा ३ करोड १७ लाख कमाइ
ncell

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा लघुवित्तले ३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिमा आर्जन गरिएको १ करोड ५५ लाख रुपैयाँको तुलनामा १०४.८३ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा उल्लेख्य रूपमा बढेसँगै लघुवित्तको नाफा बलियो बनेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७३.२० प्रतिशतले वृद्धि भएको छ भने अन्य सञ्चालन आम्दानी ११.९० प्रतिशतले बढेको छ। यससँगै कुल सञ्चालन आम्दानी ६०.२१ प्रतिशत र सञ्चालन मुनाफा ७३.८३ प्रतिशतले वृद्धि भएको देखिन्छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले १६ लाख ६५ हजार रुपैयाँ इम्पेरमेन्ट चार्ज गरेको छ। हाल लघुवित्तसँग ४ करोड ४० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७१ रुपैयाँ ९२ पैसा पुगेको छ।

नाफा वृद्धिसँगै लघुवित्तको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसाले बढेर ५१ रुपैयाँ ८७ पैसा पुगेको छ। पुस मसान्तसम्म लघुवित्तको मूल्य–आम्दानी अनुपात (P/E Ratio) ३४.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ १ पैसा कायम रहेको छ।

१२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सपोर्ट लघुवित्तको जगेडा कोषमा हाल १० करोड ८९ लाख रुपैयाँ सञ्चित रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?