National life

सीडीएससीकी कार्यकारी प्रमुख पन्दाकलाई नेप्सेले फिर्ता बोलायो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|११ वैशाख २०८३, शुक्रबार
1.3kShares
सीडीएससीकी कार्यकारी प्रमुख पन्दाकलाई नेप्सेले फिर्ता बोलायो
ncell

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाकलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय गरेको छ। शुक्रबार बसेको नेप्से सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

नेप्सेले आफ्नो सहायक कम्पनी सीडीएससीमा प्रतिनिधि सञ्चालकका रूपमा पठाएकी पन्दाकलाई सोही समितिले सीईओको जिम्मेवारी पनि दिएको थियो।

सीईओको भूमिकामा रहँदा सूचीकृत कम्पनीलाई दुईवटा आइजिन उपलब्ध गराउने नीति ल्याउने तयारी भएपछि उनी विवादमा परेकी थिइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त विषयमा अर्थ मन्त्रालयले चासो देखाएपछि नेप्से बोर्डले उनलाई फिर्ता बोलाउने निर्णय गरेको स्रोतले जनाएको छ।

सीडीएससीको सञ्चालक समितिमा नेप्सेका तर्फबाट चुडामणी चापागाईं अध्यक्ष र पन्दाक सदस्यका रूपमा रहेका थिए। साथै अर्थ मन्त्रालयबाट अशोक गुरागाईं र शरद निरौला सञ्चालक छन् भने स्वतन्त्र सञ्चालकका रूपमा सुमन कुमार नेपाल छन्।

अब नेप्सेले पन्दाकको स्थानमा अर्को प्रतिनिधि सञ्चालक पठाउने तयारी गरेको छ। उनी गत वर्षदेखि सीडीएससीको प्रबन्ध सञ्चालकको जिम्मेवारी पनि सम्हाल्दै आएकी थिइन् र उनी नेप्सेमा दशौं तहकी कर्मचारी हुन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?