National life

सुन तस्करी प्रकरणमा महरा बाउछोरा सहित २९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२६ चैत २०८२, बिहिबार
1.4kShares
सुन तस्करी प्रकरणमा महरा बाउछोरा सहित २९ जना विरुद्ध भ्रष्टाचार मुद्दा
ncell

काठमाडौँ। सुन तस्करीमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलसहित कुल २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले यस मुद्दामा विमानस्थलका प्रमुख भन्सार प्रशासन अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, अम्बिकाप्रसाद खनाल, रमेशकुमार खतिवडा, सुबेन्द्र श्रेष्ठ, साथै नासुहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोखरेललाई पनि समावेश गरेको छ।

अख्तियारले  महरासहित उनको छोरा राहुल, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा, अमृत कार्की र निमा गुरुङमाथि पनि मुद्दा चलाएको हो । त्यसैगरी प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सोङ र दोजिङ वाङ अनि बेल्जियमका नागरिक दावा छिरिङ तथा भारतीय नागरिक साहेव राव पाण्डुरङ विरुद्ध मुद्दा चलाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैगरी डेक्टर ट्राभल्स एण्ड टुर्स प्रालि माथि पनि मुद्दा चलाएको छ  ।

२०७९ पुस १०  मा फ्लाई दुबईबाट चिनियाँ नागरिक लि हाङ सोङले २ वटा सुटकेस ल्याएका थिए । त्यसभित्र ७३ वटा बट्टामा ७३० वटा इलेक्ट्रोनिक सिगरेट (भेप) थियो । त्यसमा सुन लुकाइछिपाइ ल्याएको र त्यसको तस्करीमा भन्सारका कर्मचारीहरूले मिलेमतो गरेको अख्तियारको आरोप हो ।

शंकास्पद देखिएको मालवस्तुको भौतिक रूपमा पनि चेक गर्नुपर्नेमा तस्करहरूसँगको मिलेमतोमा चेकजाँच नै नगरेको अख्तियारको आरोप हो । त्यसरी बरामद गरिएको सामान गोदाममा बन्द गरी राख्नुपर्नेमा गलत मनसायले प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा राखेको र सुन छुटाउने समूहका व्यक्तिहरुसँग अस्वभाविक भेटघाट र फोन सम्पर्क गरेको भनी अख्तियारले उनीहरूमाथि मुद्दा चलाएको हो ।

शंकास्पद वस्तु करिब १९ दिन भन्सारमा राखेर त्यसपछि मात्रै मुद्दा तथा लिलामी शाखामा पठाएको भन्दै अख्तियारले पछि सामग्री परिवर्तन गर्ने बदनियतले सीसीटीभीको कभरेज नभएको ठाँउमा सारेको आरोप लगाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ किलो ४८० ग्राम सुन तस्करीमा संलग्न भएको आरोपसहित उनीहरूमाथि सात करोड ७८ लाख ६८ हजार रुपैयाँ हिनामिनाको मुद्दा दायर गरेको छ। अख्तियारले भन्सारका कर्मचारीहरूलाई भ्रष्टाचारमा संलग्न भएको भन्दै मुद्दा लगाएको छ भने पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलसहित अन्य व्यक्तिहरूलाई मतियारको आरोपमा मुद्दा दायर गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?