National life

स्वदेशी वस्तुहरुको निर्यात एवं प्रबद्र्धनलाई उच्च प्राथमिकतामा राख्न परिसंघको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|११ भदौ २०८०, सोमबार
586Shares
स्वदेशी वस्तुहरुको निर्यात एवं प्रबद्र्धनलाई उच्च प्राथमिकतामा राख्न परिसंघको आग्रह
ncell

काठमाण्डौ । नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासहरुमार्फत स्वदेशी वस्तुहरुको निर्यात एवं प्रबद्र्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार परराष्ट्रमन्त्री एनपी साउदसँग गरेको छलफलमा वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रव््द्धन गर्न, पर्यटन प्रव््द्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो। उनले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यवसायिक वातावरण र छिटो–छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिए।

अध्यक्ष अग्रवालले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसका लागि नेपाली दूतावासहरुले व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तर्क्रिरया गर्न सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए।

परिसंघले भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेल्वे सेवा संचालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल भारतबीच मोटर भइकल एग्रीमेन्ट गरी नेपाली मालबाहक एवं अन्य सवारीसाधनहरुको आवतजावतलाई सहज बनाइनुपर्नेमा जोड दिएको छ।

मन्त्री साउदले परिसंघले उठाएका विषयहरुलाई उच्च प्राथमिकतामा राख्ने बताए।

छलफलमा परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए।

यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?