National life

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ वार्षिक साधारण सभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०६ माघ २०८२, मङ्गलबार
1.4kShares
हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ वार्षिक साधारण सभा सम्पन्न
ncell

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो ३२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। काठमाडौँस्थित अनमोल ब्याङ्क्वेट, शंखमूलमा सम्पन्न उक्त सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा अन्य महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत गरि सर्वसम्मतिले पारित भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

यस्तै, साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश कर सहित पारित गरेको छ। संचालक समितिको सिफारिस बमोजिम कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४ सयको ८ प्रतिशतका दरले हुन आउने २० करोड १२ हजार ५ सय ९२ रुपैँया लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साथै सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ। साधारण सभामा शेयरधनीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कम्पनीले चालु आर्थिक वर्षमा समेत दिगो वृद्धि र सेयरधनीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?