National life

नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, काठमाडौँ नजिकै घुम्न सकिने यी आकर्षक स्थलहरू

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ चैत २०८१, आइतबार
1.2kShares
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, काठमाडौँ नजिकै घुम्न सकिने यी आकर्षक स्थलहरू
ncell

काठमाडौँ– नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ। वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवर्द्धनमा निस्किएका छन् । भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय गन्तव्यमा पुगेका छन्।

मुलुकभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ।  ‘मुलुकभरका होटलहरुमा न्यूनतम ३५ देखि झण्डै कुनै स्थानमा शतप्रतिशतसम्म अकुपेन्सी पुगेको छ। 

Royal Enfield
nic asia capital
केही समय सुस्ताएको व्यवसायमा नयाँ आशा सञ्चार भएको छ ठमेल, पोखरा, सौराहा, लुम्बिनी, भेँडेटारलगायत क्षेत्रमा ‘न्यू इअर इभ’ कार्यक्रम आयोजना गरिएको छ, यसले पर्यटनलाई थप चलायमान बनाएको छ।’

देशका प्रमुख पर्यटकीय गन्तव्य स्थल पाथीभरा, इलाम, तीनजुरे, धरान, भेडेटार, वसन्तपुर, मकालु आधार शिविर, खुम्बु क्षेत्र, सगरमाथा आधारशिविर, लुक्ला, बराहक्षेत्र, बुढासुब्बा, हलेसी, दन्तकाली, केचनाकवल, छिन्नमस्ता, जनकपुरधाम र भरततालमा समेत धेरै सङ्ख्यामा पर्यटक पुगेका छन्।

त्यस्तै, कालिञ्चोक, चरिकोट, शैलुङ, जिरी, पाँचपोखरी, हेलम्बु, पनौती, पलाञ्चोक भगवती, चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, मदनभण्डारी पार्क, पालुङ, दामन, लाङ्टाङ, गोसाइँकुण्ड, नुवाकोट दरबार, बन्दीपुर, पोखरा, गोरखादरबार क्षेत्र, कपिलवस्तु, तिलौराकोट, रामग्राम, बुटवल पाल्ला, लुम्बिनी पर्यटकको प्रमुख गन्तव्य मानिन्छन्।

काठमाडौँ उपत्यका मात्रै नभइ देशका अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकहरूको भिडभाड छ। उपत्यकाको नगरकोट, धुलिखेल, लाकुरीझञ्ज्याङ, गोदावरी, चन्द्रागिरि, खुलेखानी, चित्लाङ, शिवपुरी, ककनी, जर्सिङपौवा लगायत गन्तव्यमा आन्तरिक पर्यटकको भिडभाड छ।

काठमाडौँ नजिकका घुम्न लायक ठाँउहरु

सुकुटे

काठमाडौंबाट ६५ किलोमिटर दुरीमा रहेको सिन्धुपाल्चोकको सुकुटे पर्यटकीय गन्तव्य हो। यो ठाउँ विशेषगरी र्‍याफ्टिङका लागि स्वदेशी र विदेशी पर्यटकको रोजाइमा पर्छ। र्‍याफटिङसँगै बन्जी, क्यानोनीङ, रक क्लाइम्बिङ, जंगल सफारी, जिपलाइन, ह्याम्मक केबलकार, ३६० डिग्री स्विङ र स्काई साइक्लिङ सुकुटेका आकर्षण रुपमा हेरिने गरिन्छ ।

धुलिखेल

काठमाडौं उपत्यकामा बस्नेहरूका लागि धुलिखेल पहिलो नम्बरमै पर्ने पर्यटकीय गन्तव्य हो। काठमाडौंबाट ३१ किलोमिटर दुरीमा रहेको धुलिखेलमा पिकनिक जानेहरू पनि धेरै हुन्छन्। यहाँ नमोबुद्ध, हजार सिँढी घुम्न र जिपलाइनमा रमाउन जान सकिन्छ। त्यस्तै गणेश, लाङटाङ, ल्होत्से, गौरीशंकर लगायत हिमाल देख्न सकिन्छ।

बेथानचोक

काभ्रेको बेथानचोक पछिल्लो समय रूचाइएको ठाउँ हो। काठमाडौंबाट ४४ किलोमिटर दुरीमा रहेको बेथानचोक एक दिन बसेर फर्किँदा उपयुक्त हुन्छ। तीन घन्टा गाडीमा यात्रा गरेर पाँच घन्टा पदयात्रा गरेपछि बेथानचोक पुगिन्छ।

यहाँबाट सगरमाथा, धौलागिरि, मकालु, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा लगायत हिमाल नजिकबाट देखिन्छ। यहाँ जानेहरूले क्याम्पिङको मजा लिन सक्नेछन्।

नगरकोट

काठमाडौंबाट ३२ किलोमिटर उत्तरपूर्व र भक्तपुरबाट २० किलोमिटर पूर्वमा रहेको नगरकोट सूर्योदय हेर्ने ठाउँका रूपमा प्रख्यात छ। नगरकोटबाट धौलागिरि, कञ्चनजंघा, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, ल्होत्से लगायत हिमाल देखिन्छ।

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने नगरकोटमा साना(ठूला सबै खाले होटल छन्। यहाँ एक वा दुई दिनसम्म बिताउन सकिन्छ। अहिले नगरकोटमा साहसिक खेल जिपलाइन पनि चल्न थालेको छ।

भोटेचौर

सिन्धुपाल्चोकको भोटेचौर पनि लोकप्रिय गन्तव्य हो। यो चिया बगान मिनी इलाम नामले परिचित छ। काठमाडौंबाट ३८ किलोमिटर दुरीमा रहेको भोटेचौर प्राकृतिक सुन्दरतामा रमाउने र फोटो खिचेर आनन्द लिनेहरूका लागि रमाइलो हुन सक्छ।

ककनी

नुवाकोटको ककनी पनि काठमाडौं नजिकैको चर्चित पर्यटकीय स्थल हो। काठमाडौंबाट २२ किलोमिटर दुरीमा रहेको ककनीको आकर्षण भ्यूटावर, ट्राउट माछा र स्ट्रबेरी खेती हुन्। यहाँबाट लाङटाङ, अन्नपूर्ण, मनास्लु, गणेश, गौरीशंकर, जुगल लगायत हिमाल देखिन्छ।

चिसापानी

काठमाडौंबाट २९ किलोमिटर दुरीमा रहेको चिसापानी हाइकिङका लागि प्रसिद्ध छ। सुन्दरीजलबाट शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै हाइकिङ गर्न सकिन्छ। आफ्नो सवारी साधनमा पनि पुग्न सकिन्छ।

यहाँको आकर्षण शिवपुरी राष्ट्रिय निकुञ्ज, धाप ड्याम, हैबुङ हुन्। त्यस्तै गौरीशंकर, लाङटाङ लगायत हिमाल देख्न सकिन्छ। हाइकिङ जाने हो भने चिसापानीबाट नगरकोट हुँदै काठमाडौं फर्किने रूट पनि छ। चिसापानीबाटै फर्किने हो वा त्यहीँ रात बस्ने हो भने होटलहरू पनि छन्।

सिम्बा फल

सिम्बा फल अर्थात् सिम्बा झरना। खोला, जंगल र झरनामा रमाउनेका लागि यो उपयुक्त ठाउँ हुन सक्छ। सिम्बा झरना ललितपुरको दक्षिणी भेगमा रहेको महांकाल गाउँपालिका वडा नम्बर १ बुखेलको खावा भञ्ज्याङ र वडा नम्बर २ को रिगिन खोलामा पर्छ। ललितपुरको सातदोबाटोबाट चापागाउँ, लेले, भारदेव, चौघरे, गोटिखेल हुँदै मानिखेल पुगिन्छ। मानिखेलबाट रिगिन दोभान हुँदै हिँडेर करिब एक घन्टाभन्दा कम समयमै झरना पुगिन्छ।

चित्लाङ

मकवानपुरको चित्लाङ चिसोको आनन्द लिने ठाउँ हो। काठमाडौंबाट २९ किलोमिटर दुरीमा रहेको चित्लाङमा बस्नका निम्ति होटल तथा होमस्टेको व्यवस्था छ। अहिले चित्लाङमा साहसिक खेल पाराग्लाइडिङको पनि मजा लिन सकिन्छ। चन्द्रगिरिको जंगलबाट पाराग्लाइडिङ गर्दै चित्लाङ पुगिन्छ।

कुलेखानी

एक दिने घुमघामका लागि मकवानपुरको कुलेखानी पनि उपयुक्त ठाउँ हो। काठमाडौंबाट ४५ किलोमिटर दुरीमा रहेको कुलेखानीमा पिकनिक जानेहरू पनि धेरै हुन्छन्। कुलेखानीको पोखरीमा डुंगा सयर गरेर रमाउन सकिन्छ। दुई दिनको योजना बनाउने हो भने कुलेखानीबाट भोलिपल्ट बिहान हाइकिङ गर्दै मोहिनी झरना पनि जान सकिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?