National life

न्युयोर्क टाइम्सको विश्वका घुम्नै पर्ने गन्तव्यभित्र ३७औँ नम्बरमा नेपालको मुस्ताङ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ पुस २०८०, बुधबार
782Shares
न्युयोर्क टाइम्सको विश्वका घुम्नै पर्ने गन्तव्यभित्र ३७औँ नम्बरमा नेपालको मुस्ताङ
ncell

काठमाडौं । अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले सन् २०२४ का लागि घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई समावेश गरेको छ ।

न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वको संक्षिप्त वर्णन गर्दै सन् २०२४ मा घुम्नै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन् ।

हिमालपारिको जिल्लाको नामबाट परिचित मुस्ताङ धौलागिरि र निलगिरी दुई अग्ला हिमशिखरको बिचमा अवस्थित रहेको छ । विश्वका ५२ वटा गन्तव्यको सूची सार्वजनिक गर्ने क्रममा मुस्ताङ ३७औँ नम्बर समावेश भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मुस्ताङका प्रमुख पर्यटकीय स्थलमा लोमान्थाङ ऐतिहासिक दरबार, लोमान्थाङको सिटी वाला, मुक्तिनाथ’क्षेत्र,टुकुचे निलगिरी हिमाल, धौलागिरि हिमाल, तिलिचो पिक, याककावा पिक,टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख, टुकुचे नाथांग खर्क रहेका छन् ।

यसैगरी धार्मिक हिसाबले पनि यो जिल्लाको महत्त्व रहेको छ । मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युपर् गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
782SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?