काठमाडौं । पर्यटन व्यवसायी दिनेश घिमिरेले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी कार्यकाल (२०२६–२०२८) का लागि सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी जिस्वा तुलाधर नेतृत्वको समूहबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
१५ वर्षभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा सक्रिय घिमिरे ‘शिवालय होलिडेज नेपाल’का सञ्चालक हुन्। उनले समूह भ्रमण, धार्मिक यात्रा, कर्पोरेट टुर तथा भारतीय बजार लक्षित सेवामा अनुभव हासिल गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै उनले पर्यटन क्षेत्रको विकास, व्यवसायीहरूको अधिकार संरक्षण र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिने बताएका छन्। साथै, सेवाको गुणस्तर सुधार, आधुनिक सीप विकास र प्रविधिमैत्री सेवा विस्तारमा जोड दिने योजना पनि सार्वजनिक गरेका छन्।
घिमिरेले अफ–सिजन समयमा तालिम कार्यक्रम सञ्चालन, एआई तथा टाइम म्यानेजमेन्ट सीप विकास, साथै डिजिटल मार्केटिङ र एकाउन्टिङ सम्बन्धी क्षमता अभिवृद्धिमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।






































