National life

पर्यटनमा बैंकहरूको २ खर्ब २५ अर्ब कर्जा प्रवाह : कुन बैंकको लगानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०१ फागुन २०८२, शुक्रबार
1.4kShares
पर्यटनमा बैंकहरूको २ खर्ब २५ अर्ब कर्जा प्रवाह : कुन बैंकको लगानी कति ?
ncell

काठमाडौँ । वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्म २ खर्ब २५ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो रकम ५.०१ प्रतिशतले बढी हो, पर्यटन क्षेत्रमा बैंकिङ क्षेत्रको लगानी क्रमशः विस्तार हुँदै गएको देखिन्छ।

समीक्षा अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १५ बैंकले पर्यटन क्षेत्रमा कर्जा विस्तार गरेका छन् भने ५ बैंकको लगानी घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पर्यटन क्षेत्रमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंकका रूपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। उक्त बैंकले मंसिरसम्म २२ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यद्यपि, यो अघिल्लो वर्षको तुलनामा ३.९३ प्रतिशतले कम हो।

दोस्रो स्थानमा रहेको प्रभु बैंक लिमिटेड ले २२ अर्ब ४४ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको कर्जा लगानी अघिल्लो वर्षको तुलनामा ७.५६ प्रतिशतले वृद्धि भएको छ। तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंक लिमिटेड ले २१ अर्ब २२ करोड ६४ लाख रुपैयाँ कर्जा दिएको छ। यो अघिल्लो वर्षको तुलनामा १४.०८ प्रतिशतले बढी हो।

त्यस्तै, सबैभन्दा कम कर्जा प्रवाह गर्ने बैंकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेड रहेका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८० करोड ३९ लाख रुपैयाँ मात्र कर्जा लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३५.३१ प्रतिशतले कम हो। त्यस्तै, एनआईसी एशिया बैंकको कर्जा लगानी ५४.५३ प्रतिशतले घटेर २ अर्ब ६२ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ।

समग्रमा पर्यटन क्षेत्रमा बैंकहरूको कर्जा प्रवाहमा समग्र वृद्धि देखिए पनि बैंकअनुसार लगानीको प्रवृत्तिमा उल्लेखनीय अन्तर देखिएको छ। केही बैंकहरूले लगानी विस्तारलाई प्राथमिकता दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?