National life

विश्वकपका रोचक तथ्यहरू : विश्वकप विजेता राष्ट्रहरूको ऐतिहासिक समीक्षा

फुटबलको अन्तर्राष्ट्रिय इतिहास विश्वकपभन्दा पुरानो छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२९ जेठ २०८३, शुक्रबार
2.5kShares
विश्वकपका रोचक तथ्यहरू : विश्वकप विजेता राष्ट्रहरूको ऐतिहासिक समीक्षा
ncell

काठमाडौं । ११ जुनदेखि सुरु भएको फिफा विश्वकप २०२६ ले विश्वभर फुटबलको माहोल बनेको छ । नेपाल प्रतियोगितामा सहभागी नभए पनि नेपाली समर्थकहरू आफ्ना मनपर्ने टिमहरूको समर्थन गर्दै विश्वकपको उत्साहमा सहभागी भइरहेका छन् ।

विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सन् १९३० मा सुरु भएको हो । तत्कालीन फिफा अध्यक्ष जुल्स रिमेटको पहलमा सुरु गरिएको यस प्रतियोगिताले पछि विश्वकपको रूपमा विश्वव्यापी पहिचान बनायो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पहिलो संस्करण उरुग्वेमा आयोजना भएको थियो, जहाँ १३ राष्ट्रको सहभागिता थियो । फाइनलमा घरेलु टोली उरुग्वेले अर्जेन्टिनालाई हराउँदै पहिलो उपाधि जितेको थियो ।

त्यतिबेला छनोट चरण नभई आमन्त्रणका आधारमा टोलीहरू सहभागी भएका थिए । प्रारम्भमा सीमित देशबाट सुरु भएको यो प्रतियोगिता अहिले विश्वको सबैभन्दा ठूलो खेल महोत्सवमा रूपान्तरण भएको छ ।

फुटबलको अन्तर्राष्ट्रिय इतिहास विश्वकपभन्दा पुरानो छ । सन् १८७२ मा स्कटल्यान्ड र इंग्ल्यान्डबीच पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल खेलिएको थियो । पछि १९०४ मा फिफाको स्थापना भएपछि अन्तर्राष्ट्रिय फुटबलले संगठित स्वरूप पायो । ओलम्पिक फुटबल प्रतियोगिताले पनि विश्व फुटबलको विकासमा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

समयक्रममा विभिन्न राष्ट्रहरूले विश्वकपमा आफ्नो प्रभाव जमाएका छन् । ब्राजिल सबैभन्दा सफल टोली मानिन्छ, जसले पाँच पटक उपाधि जितेको छ । जर्मनी र इटालीले चार–चार पटक, अर्जेन्टिनाले तीन पटक विश्वकप जितेका छन् । फ्रान्स, इंग्ल्यान्ड र स्पेनले पनि उपाधि हात पारेका छन् ।

दोस्रो विश्वयुद्धका कारण १९४२ र १९४६ मा प्रतियोगिता रोकिएको थियो । युद्धपछि सन् १९५० बाट विश्वकप पुनः सुरु भएको थियो ।

हालसम्मको पछिल्लो विश्वकप सन् २०२२ मा कतारमा भएको थियो, जहाँ अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो । अब २०२६ मा संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा ४८ राष्ट्रको सहभागितासहित नयाँ संस्करण आयोजना भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
2.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?