National life

फिफा विश्वकप २०२६ आजदेखि सुरु, ४८ टोलीबीच ऐतिहासिक प्रतिस्पर्धा

यो खेल २०१० विश्वकपको उद्घाटन खेलको पुनरावृत्ति पनि हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२८ जेठ २०८३, बिहिबार
2.2kShares
फिफा विश्वकप २०२६ आजदेखि सुरु, ४८ टोलीबीच ऐतिहासिक प्रतिस्पर्धा
ncell

काठमाडौं । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। यस संस्करणलाई इतिहासकै सबैभन्दा ठूलो विश्वकप मानिएको छ, जसमा कुल ४८ राष्ट्रहरूले सहभागिता जनाइरहेका छन्।

उद्घाटन खेल नेपाली समय अनुसार राति १२:४५ बजे मेक्सिको सिटी स्टेडियममा मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। यो खेल २०१० विश्वकपको उद्घाटन खेलको पुनरावृत्ति पनि हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
खेलअघि विशेष उद्घाटन समारोह आयोजना गरिनेछ।

यो विश्वकप पहिलो पटक अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेका हुन्, जसका कारण तीन देशमा छुट्टाछुट्टै उद्घाटन समारोह हुने व्यवस्था गरिएको छ।

यस संस्करणमा संरचनागत परिवर्तन गरिएको छ। ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ, प्रत्येक समूहमा ४ टोली रहनेछन्। समूह चरणमा सबै टोलीले ३ खेल खेल्नेछन्।

समूहबाट शीर्ष दुई टोली तथा उत्कृष्ट प्रदर्शन गर्ने ८ तेस्रो स्थानका टोलीहरू अन्तिम ३२ को नकआउट चरणमा प्रवेश गर्नेछन्। प्रतियोगितामा कुल १०४ खेलहरू खेलिनेछन्।

फाइनल खेल जुलाई १९, २०२६ मा न्यूयोर्क/न्यू जर्सीमा सम्पन्न हुने तय गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?