काठमाडौँ। काठमाडौँको तीनकुनेमा भएका प्रदर्शनमा मृत्यु भएका सविन महर्जनको शरीरमा एक गोली लागेको भेटिएको छ ।
आज त्रिवि शिक्षण अस्पतालमा भएको पोस्टमार्टमको क्रममा उनको शरीरमा एक गोली लागेको खुलेको हो। प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पोस्टमार्टममा खुल्न आएको छ ।
१५ चैतमा राजावादीहरूले गरेको आन्दोलनका क्रममा गोली लागेर कीर्तिपुर निवासी महर्जनको मृत्यु भएको थियो ।
पोस्टमार्टमपछि उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ।
यति बेला सविन महर्जनको शव परिवारको जिम्मा लगाइएको छ। त्रिवि शिक्षण अस्पतालले केही बेरअघि शव परिवारको जिम्मा लगाएको हो ।
































