National life
cg eloctronics

बाढीले कोशी राजमार्गको भोटखोला खण्डमा जलविद्युत् आयोजना र सडक बगायो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ जेठ २०८२, आइतबार
535Shares
बाढीले कोशी राजमार्गको भोटखोला खण्डमा जलविद्युत् आयोजना र सडक बगायो
ncell

खाँदबारी (संखुवासभा) शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ । बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा पनि क्षति पुगेको छ ।

उनका अनुसार १७ किलोवाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना पूर्णरुपमा बगाएको छ । सो आयोजनाबाट १६० घरधुरीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । “बाढीले आयोजना पूर्णरुपमा बगाएको छ”, उनले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, १२० किलोवाट क्षमताको हुङ्गुङ जलविद्युत् आयोजनाको मुहानसमेत बाढीले बगाएको अध्यक्ष भोटेले बताए । उक्त आयोजनाबाट २५० घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए ।

घटनास्थलमा अहिले प्रहरी, प्राविधिक टोली र जनप्रतिनिधिहरु पुगिसकेका छन् । “सडक तथा विद्युत् संरचनाको तत्काल मर्मतका लागि प्रक्रिया अघि बढाइने छ”, अध्यक्ष भोटेले जानकारी दिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?