काठमाडौँ । जापान एयरलाइन्सको विमान अवतरणका क्रममा रनवेमा रहेको अर्को विमानसँग ठोक्किँदा भीषण आगलागी भएको छ ।
जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएर आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।
जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रूपमा निकालिएको छ। एनएचकेले जारी गरेको भिडियो फुटेजमा विमानको भर्याङबाट धुवाँ निक्लिएको देखिन्छ ।
यता, समाचार एजेन्सी रोयटर्सका अनुसार रनवेमा रहेका कोस्ट गार्डको विमानको ठक्करका कारण उक्त दुर्घटना भएको हो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


































