काठमाडौँ । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ ।
उक्त दुर्घटनाबाट हेलिकप्टरमा सवार नौ सैनिकको मृत्यु भएको कोलम्बियाको राष्ट्रिय सेनाले जनाएको छ। हेलिकप्टरको दिउँसो बेससँग सम्पर्क विच्छेद भएको र खोजी गर्ने क्रममा बोलिभर विभागको सान्ता रोजा नगरपालिका नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सेनाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जालमा यस दुःखद घटनाप्रति खेद व्यक्त गर्दै सेनाले खाडी क्लान विरुद्ध कारबाही गरिरहेको बताए।
गल्फ क्लानलाई कोलम्बियामा लागू औषध ओसारपसार र हत्याको आरोपमा आपराधिक समूहका रूपमा परिभाषित गरिँदै आएको छ ।


































