National life

११४ सैनिक बोकेको विमान दुर्घटना, ६६ जनाको मृत्यु , दर्जनौं घाइते

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१० चैत २०८२, मङ्गलबार
1.3kShares
११४ सैनिक बोकेको विमान दुर्घटना, ६६ जनाको मृत्यु , दर्जनौं घाइते
ncell

काठमाडौं । कोलम्बियाको वायुसेनाको एक सैन्य विमान दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

वायुसेना प्रमुख कार्लोस फर्नान्डो सिल्भा रुएडाका अनुसार विमानमा ११४ जना सैनिक र ११ जना चालक दलका सदस्य सवार थिए। अमेरिकामा निर्मित ‘हरक्युलिस’ विमान पुटुमायो प्रान्तको पुएर्टो लेगुइजामो नजिक खसेको हो। उक्त विमान मुख्यतः सैनिक ढुवानीका लागि प्रयोग हुँदै आएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दुर्घटनापछि घटनास्थलमा खटिएका उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजी कार्य जारी राखेका छन्। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

कोलम्बियाका रक्षा मन्त्री पेड्रो सान्चेजले पुएर्टो लेगुइजामोबाट उडान भर्ने क्रममा सुरक्षा बलका सैनिक बोकेको विमान ‘दुःखद दुर्घटना’मा परेको बताएका छन्। पेरुसँगको सीमाना नजिक भएको यो घटना देशका लागि अत्यन्तै दुःखद भएको उनले उल्लेख गरे।

प्रारम्भिक विवरणअनुसार विमानमा आगलागी भएपछि बोकेको हतियार तथा गोलाबारुद विस्फोट भएको जनाइएको छ, जसले क्षति थप भयावह बनाएको अनुमान गरिएको छ। समाचार संस्था एएफपीका अनुसार एक सैन्य स्रोतले ५८ सैनिक, ६ जना वायुसेना कर्मचारी र २ जना प्रहरीको मृत्यु भएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?