National life

डडेल्धुरामा गएराति रात्रिबस दुर्घटना हुँदा चार जनाको ज्यान गयो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असोज २०८१, बुधबार
819Shares
डडेल्धुरामा गएराति रात्रिबस दुर्घटना हुँदा चार जनाको ज्यान गयो
ncell

काठमाडौं । डडेल्धुरामा गएराति रात्रिबस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बैतडीको पुर्चौडीको लागि छुटेको ना ८ ख १०७८ नम्बरको रात्रिबस डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा सडकबाट तल पल्टिएको प्रहरीले जनाएको छ ।

डडेल्धुरा प्रहरीका अनुसार दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीया जैमती बोहरा, त्यही ठाउँकी २० वर्षीया कमला बोहरा, उहाँका नाबालक छोरा र त्यही ठाउँका २२ वर्षीय सहदेव बोहराको ज्यान गएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

घाइतेमध्ये दुई जनालाई थप उपचारको लागि धनगढी पठाइएको र अरु घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो समाचार शेयर गर्नुहोस्
819SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?