National life

२ बस एक आपसमा ठोक्किँदा भयानक दुर्घटना, ३७ जनाको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ फागुन २०८१, आइतबार
740Shares
२ बस एक आपसमा ठोक्किँदा भयानक दुर्घटना, ३७ जनाको मृत्यु
ncell

काठमाडौँ । दक्षिण बोलिभियाको राजमार्गमा भएको सडक दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ । करिब ४० जना घाइते भएका छन् । दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

सन्तुलन गुमाएका कारण एउटा बस डिभाइडर तोडेर अर्को बससँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दुर्घटनामा ज्यान गुमाउनेमा दुई बालबालिका समेत रहेका छन् ।

प्रहरी कमान्डर विल्सन फ्लोरेसले दुर्घटनाको पुष्टि गर्दै एउटा बसका चालकको अवस्था गम्भीर रहेको र अर्को बसका चालकको अवस्था स्थिर रहेको बताए । घाइतेहरू खतरामुक्त छन् । मृतकको शवलाई नियन्त्रणमा लिई आफन्तलाई बुझाइएको छ ।

पुलिस कमान्डर विल्सन फ्लोरेसले उयुनी र कोलचाबिचको राजमार्गमा दुर्घटना भएको बताए। उयुनीबाट करिब ५ किलोमिटर पर दुर्घटना भएको बस ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो पर्व मध्येको एक प्रसिद्ध ओरो कार्निभल आयोजना भइरहेको ओरुरो सहरतर्फ जाँदै थियो ।

उक्त कार्निवलमा सहभागी हुन गएका मानिसहरू दुर्घटनाको सिकार भएका थिए । यस कार्निवलमा हजारौँ मानिस सहभागी हुन्छन्। एजेन्सी

यो समाचार शेयर गर्नुहोस्
740SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?