National life
cg eloctronics

बल्खुस्थित तरकारी बजारमा पानीको वितण्डा, १० ठुलो ट्रक बगायो व्यवसायीको रुवाबासी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ साउन २०८१, बुधबार
1.2kShares
बल्खुस्थित तरकारी बजारमा पानीको वितण्डा, १० ठुलो ट्रक बगायो व्यवसायीको रुवाबासी
muktinatha bikash bank

काठमाडौँ। बल्खुस्थित कृषि तथा तरकारी बजारमा गएरातिदेखि परेको अविरल पानीका कारण बाढी पस्दा ३ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

बल्खु खोलामा राति २ बजेदेखि आएको बाढी बजारमा पस्दा ठुलो नगण्य मात्रामा क्षति भएको तरकारी बजार सञ्चालकहरूको भनाई छ । तरकारी बजारमा बाढी पस्दा बजार परिसरमा रहेको ५ किराना पसलबाट १ करोड रुपैयाँ बराबरको विभिन्न प्रकारको खाद्यान्न र मरमसला पूर्ण रूपमा क्षति भएको छ । भने आधाउदी सामान पानी सँगै बगेर गएको उनीहरूको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

ठुलो पानीको बहाव तरकारी बजारमा पसेर बग्ने ठाँउ नभएपछि दर्जनौँ तरकारी पसलबाट १ करोड बढीको ताजा तरकारी बाढीले बगाएको छ । बाढी बजारमा पस्नुअघि विभिन्न जिल्लाबाट उक्त बजारमा तरकारी भित्रिएको थियो ।

बाढीले पसल र तरकारी बजारमा भएका टेबल, कुर्सी, जोख्ने मेसिन देखि लिएर कम्पाउण्ड वाल भत्काउनुका साथै सटरहरू भत्किएका छन् १० वटा तरकारी बोक्ने ठुलो ट्रक र २० वटा मोटरसाइकल पनि  बगाएको छ ।

everest bank

बजारमा पुगेको क्षतिको बारेमा स्थलगत जानकारी लिन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी बल्खु जाने भएका छन् । बल्खु नजिकैको कुशेश्वरस्थित फलफूल र खाद्यान्नको होलसेल गोदाम र व्यापारिक प्रतिष्ठान पनि डुबानमा परेको छ । डुबानका कारण करोडौँ रुपैयाँ बराबरको खाद्यान्न, दाल, चिनी, गेडागुडी नष्ट भएको छ ।

‘बागमती खोलाको बाढीको भेलले गोदाम डुबानमा पर्दा सयौँ व्यवसायीको ठुलो क्षति भएको बताएका छन् । बागमती खोलाको कुलेश्वर बजारनजिकको खोलातर्फ भएको होचो भागबाट पानी तरकारी बजारमा भित्रिएको थियो । सरकारी स्वामित्वको कालीमाटी तरकारी बजारपछि बल्खु बजारबाट अत्यधिक परिमाणमा तरकारीको कारोबार हुने गर्दछ ।

प्रारम्भिक अध्ययन अनुसार तीन करोड बढीको क्षति पुगेको छ । व्यवसायीहरूले आफ्नो सम्पूर्ण चिज गुमेको भन्दै रुवाबासी गरेका छन् । के कति क्षति भएको भन्ने यकिन जानकारी आउन नसकेपनी आफूहरूको सम्पूर्ण लगानी र आम्दानी गुमेको व्यवसायीहरूको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?