काठमाडौँ। गत शुक्रवार र शनिवारका दिन आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म २२४ जनाको मृत्यु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आयोजित पत्रकार सम्मेलमा मुख्यसचिव एकनारायण अर्यालले विपतका घटनामा भएको धनजनको क्षतिबारे विस्तृत रूपमा जानकारी गराएका छन् ।
पत्रकार सम्मेलन मार्फत २१ जिल्ला प्रभावित भएको र अझै २४ जना बेपत्ता रहनुको साथै १५८ घाइते रहेको जानकारी दिए। त्यस्तै ४ हजार ३३१ जनाको उद्धार गरिएको सरकारले जनाएको छ।
बाढी पहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा सञ्चालन आइसकेको सरकारले जनाएको छ । त्यस्तै ३४ निर्माणाधीन जलविद्युत आयोजनाहरूमा क्षति पुगेको छ भने कृषितर्फ ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारले जनाएको छ। सरकारले विपद्पछि खोजी कार्यमा ३० हजार ७ सय सुरक्षाकर्मीसहित हेलिकोप्टर समेत प्रयोग गरिएको जनाएको जानकारी दिएका छन् ।


































