National life

रौतहटमा मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट, लाखौँको क्षति 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ पुस २०८१, सोमबार
779Shares
रौतहटमा मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट, लाखौँको क्षति 
ncell

काठमाडौँ । आइतबार मध्यराति रौतहट जिल्लाको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन्।

आगलागीबाट लाखौँको सम्पत्ति जलेर नष्ट भएको छ । पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत् शर्ट भएर आगो सल्किँदा दीपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरा सहितका घर जलेर पूर्ण रूपमा नष्ट भएको रौतहट प्रहरीले जनाएको छ।

प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको वारुणयन्त्र उक्त आगलागी स्थानमा पुगेर आगो निभाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आगो नियन्त्रणमा आएको भए पनि क्षतिबारे यकिन जानकारी हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
779SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?