National life

आँखुखोला जलविद्युतको १७औं र १८औं साधारण सभा सम्पन्न, प्रतिवेदन पारित

लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक पनि निर्धारण गरिएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|३१ जेठ २०८३, आइतबार
1.5kShares
आँखुखोला जलविद्युतको १७औं र १८औं साधारण सभा सम्पन्न, प्रतिवेदन पारित
ncell

काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७औं तथा १८औं संयुक्त वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ का वार्षिक प्रतिवेदनहरू पारित गरेको छ।

त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित ती आर्थिक वर्षहरूको वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमा छलफल गरी स्वीकृति प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनी ऐन २०६३ अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक पनि निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत हकप्रद सेयर निष्कासन तथा बाँडफाँड प्रक्रिया पूरा भइसकेको र सोबाट प्राप्त रकम प्रयोग गरी करिब रु ४० करोड बैंक ऋण घटाइने जानकारी दिइयो।

कम्पनीले नयाँ आयोजना अन्तर्गत गणेश हिमाल हाईडपावर लिमिटेडको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी अघि बढाइरहेको छ। यसअघि करिब १२ वर्षअघि निर्माण सम्पन्न भएको आँखुखोला–१ आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएको पनि उल्लेख गरिएको छ।

सभामा अध्यक्ष राम श्रेष्ठले कम्पनीको उपलब्धि, चुनौती र आगामी योजनाबारे धारणा राख्दै ऊर्जा उत्पादन र विद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका बढ्दै गएको बताए। उनले कम्पनीलाई अझ सुदृढ, प्रभावकारी र उत्पादन क्षमतायुक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा कम्पनीका पदाधिकारी, शेयरधनी, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?