National life

बोनस सेयर वितरणको एजेन्डासहित अजोड इन्स्योरेन्सले बोलायो साधारण सभा

बुक क्लोज असार १९: अजोड इन्स्योरेन्सका सेयरधनीलाई लाभांश अवसर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१० असार २०८३, बुधबार
1.2kShares
बोनस सेयर वितरणको एजेन्डासहित अजोड इन्स्योरेन्सले बोलायो साधारण सभा
ncell

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो ३२औँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको हालै बसेको बैठकले असार ३१ गते सभा गर्ने मिति तय गरेको हो।

सभा काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १०:३० बजेदेखि सुरु हुनेछ। उक्त सभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरिएको ४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश अनुमोदन गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बोनस सेयर वितरणपछि कम्पनीको जारी पूँजी करिब २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश गरिनेछ।

यसैगरी, सभामा अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ भने वित्तीय विवरणहरू—वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण—समेत अनुमोदन गरिनेछ।

लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेश हुनेछ।

कम्पनीले सभा तथा लाभांश प्रयोजनका लागि असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असार १८ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन पाउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?