काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमाको ४४ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ बीमांक बराबरको बीमा गराएका छन् । सो रकम आर्थिक वर्ष २०७९।८० को हो । त्यस्तै, समिक्षा अवधिमा नेपाल सरकारले कृषि बीमाका लागि १ अर्ब ७३ करोड २२ लाख रुपैयाँ रकम बीमाशुल्क प्रिमियम को अनुदान बापत बीमा कम्पनीहरुलाई दिइसकेको छ ।
कृषि बीमामा नेपाल सरकारले अनुदान दिने चलन आर्थिक वर्ष २०७०।७१ बाट सुरु गरेको हो भने सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीमाशुल्क जम्मा ३ करोड ४० लाख ४९ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, सोही अवधिमा ६२ करोड ५४ लाख ४ हजार रुपैयाँ रहेको तथ्यांकमा देखिन्छ । सुरुको वर्षमा नेपाल सरकारले बीमा कम्पनीहरुलाई १ करोड ७० लाख २४ हजार रुपैयाँ कृषि बीमाको अनुदान बापत प्रदान गरेको थियो ।
यस्तो छ कृषि बीमामा अनुदान दिइएको रकमको अवस्था
आर्थिक वर्ष २०७२।७३ मा कृषि बीमा अनुदान ७३।४० प्रतिशतले बढ्दा सरकारले २० करोड ९० लाख ५८ हजार रुपैयाँ दिनुपर्यो । आर्थिक वर्ष २०७३.७४ मा ५२.८० प्रतिशतले बढ्दा अनुदान रकम ३१ करोड ९४ लाख ४३ हजार रुपैयाँ दिनु परेको थियो ।
त्यसरी नै आर्थिक वर्ष २०७४।७५ मा ३४.८५ प्रतिशतले बढ्दा ४३ करोड ७ लाख दिइदा सो अनुदान रकम आर्थिक वर्ष २०७५.७६ मा ७४.९३ प्रतिशतले बढेर ७५ करोड ३५ लाख ६९ हजार रुपैयाँ दिइएको थियो ।
आर्थिक वर्ष २०७६।७७ मा १७.६१ प्रतिशतले बढेर ८८ करोड ६२ लाख ७४ हजार पुगेको कृषि बीमा अनुदान रकम आर्थिक वर्ष २०७७।७८ मा ६५.६१ प्रतिशतले बढेर १ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ पुगेको हो ।
त्यसरी निरन्तर वृद्धिको क्रममा देखिएको सरकारले बुझाउँनु पर्ने कृषि बीमा अनुदान रकम आर्थिक वर्ष २०७८.७९ मा १२.९३ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ७६ लाख रुपैयाँ पुगेको हो भने आर्थिक वर्ष २०७९।८० मा सो रकम ४.५० प्रतिशतले बढेर १ अर्ब ७३ करोड २२ लाख रुपैयाँ पुगेको अवस्था छ । उक्त रकम नेपाल सरकारले अनुदान बापत भुक्तानी गरिसकेको रकम हो ।
त्यस्तै, केही दिन भित्र बाँकी रहेको २ अर्ब १८ करोड कृषि बीमाको अुनदान रकमका लागि नेपाल सरकारले ९८ करोड रुपैयाँ भुक्तानी गर्ने भएको छ । त्यसका लागि रकमान्तर गर्न अर्थमन्त्रालय समक्ष निवेदन पुगेको अवस्था छ । मन्त्रालयले आफ्नो वार्षिक बजेटमार्फत केही दिन अघि निर्जीवन बीमा कम्पनीहरुलाई छुट्टै अनुदान बापत अर्को ४६ करोड रुपैयाँ समेत बुझाई सकेको आर्थिक भ्वाइसलाई जानकारी प्राप्त भएको छ ।
कृषि बीमाका मातहतमा रहेका माथिल्लो निकायका अनुसार हाल बजेट अभाव भएकै कारण उक्त अनुदानको सबै रकम एकै पटक भुक्तानी हुन नसकेको हो । नेपाल सरकारले आगामी बजेटमार्फत अघि ठूलो मात्रा कृषि बीमाका लागि रकम छुट्याउँने अवस्था रहेमा वर्षौनि निर्जीवन बीमा कम्पनीहरु र उनीहरुको साझा संगठन बीमक संघले विगतमा गर्दै आएका भुक्तानी अभावका गुनासाहरु आफसेआफ कम भएर जाने अवस्था निर्र्माण हुने देखिन्छ। पछिल्लो समय कृषि बीमाको बीमाशुल्कका साथ साथै जोखिम पनि धेरै मात्रामा बढेको र सोही अनुसार विगतको तुलनामा निकै मोटो र
कम कृषि बीमामा बुझाउँनु पर्ने अवस्था सिर्जना भएकाले पनि चरण चरणमा भुक्तानी गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको पाइएको हो।
अहिले बालीतर्फ आर्थिक वर्ष २०७९।८० मा २२ करोड ८२ लाख ७१ हजार रुपैयाँ अनुदान सरकारले दिएको तथ्यांकमा देखिन्छ भने सो रकम आर्थिक वर्ष २०७०।७१ मा जम्मा ४ लाख २७ हजार ६ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, पशुपन्छीतर्फ आर्थिक वर्ष २०७०।७१ मा १ करोड ६५ लाख ९६ हजार रुपैयाँ बीमा अनुदान बुझाएको नेपाल सरकारले आर्थिक २०७९।८० मा भने १ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ अनुदान निर्जीवन बीमा कम्पनीहरुलाई भुक्तानी गरेको छ ।
४.१ बाली तथा पशुपन्छी बीमा सम्बन्धी विवरण९२०७९र८००



































