National life

अन्य क्षेत्रको बजेट कटौती गरेर कृषि क्षेत्रमा लगानी गर्नुपर्छ : पूर्वअर्थमन्त्री शर्मा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ असार २०८०, बुधबार
1.5kShares
अन्य क्षेत्रको बजेट कटौती गरेर कृषि क्षेत्रमा लगानी गर्नुपर्छ : पूर्वअर्थमन्त्री शर्मा
ncell

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यक्ता नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पूर्वअर्थमन्त्री समेत रहेका शर्माले नेपालमा रासायनिक मल कारखाना भन्दा पनि अर्गानिक मल कारखानाको आवश्यक्ता रहेको बताए ।

सांसद शर्माले अन्य क्षेत्रको बजेट कटौती गरेर कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले कृषि क्षेत्रलाई औद्योगिक क्षेत्रमा स्थापित गर्न सकेमात्र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिने बताए ।

शर्माले भने ‘कृषिलाई यान्त्रीकरण र आधुनिकीकरण गर्न जरुरी छ । कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न नसक्ने हो भने १० वर्षपछि किसान नै रहने छैनन् ।’

साथै ठुला तथा साना सिँचाई आयोजनाहरुको विस्तार गरेर कृषि क्षेत्रमा आकर्षण बढाउनुपर्ने सांसद शर्माले बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?