National life

माओवादीको कार्यक्रममा उल्लासपूर्ण सहभागिता देखेर प्रचण्ड भन्छन् : अब एक्लै चुनाव लड्ने हो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ माघ २०८१, शनिबार
845Shares
माओवादीको कार्यक्रममा उल्लासपूर्ण सहभागिता देखेर प्रचण्ड भन्छन् : अब एक्लै चुनाव लड्ने हो
ncell

ठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशलाई सुशासन दिन माओवादीले बहुमत ल्याउनु पर्ने बताएका छन् ।

दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ३२ सिटलाई आफूले प्रतिकात्मक रुपमा म्याजिक नम्बर भन्ने गरेको बताउँदै संख्यात्मक रुपमा त्यसले काम नगर्ने भएकोले अब बहुमत सिट आवश्यक रहेको बताए ।

‘प्रतिकात्मक भनाइ थियो । हामीसँग ३२ सिट थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मैले नबुझेको त होइन । अब हामीलाई पर्याप्त नम्बर चाहियो’, उनले भने, ‘सुशासन दिने हो, स्थिरता र विकास दिने हो भने बहुमत चाहियो । मैले नेपाली जनतालाई यही भन्दै हिँडेको छु ।’

उनले आफू देश दौडाको क्रममा जनता माओवादीतिर फर्केको पाएको बताए । माओवादी ०६४ कै अवस्थामा फर्किन लागेको उनको दाबी छ । ‘मोरङ जाँदा ६४ को झल्को देखें मैले, झापामा जाँदा पनि ६४ नै देखें मैले,’ उनले भने,’जनताले माओवादी र प्रचण्ड नै इमानदार रैछ भन्ने जनताले महसुस गरेको देख्छु ।’

उनले अब माओवादी एक्लै चुनाव लड्ने बताए । अहिलेको लहरले पनि एक्लै लड्न उत्साहित बनाएको उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
845SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?