National life

कृषिलाई समृद्धिको आधार बनाउन नीति, लगानी र युवाको सहभागिता आवश्यक : राष्ट्रपति

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
1.2kShares
कृषिलाई समृद्धिको आधार बनाउन नीति, लगानी र युवाको सहभागिता आवश्यक : राष्ट्रपति
ncell

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको समृद्धि कृषकसँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै कृषकको सम्मान र सशक्तीकरणलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । शुक्रबार कृषि, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित “राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार २०८२” कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले किसानको मेहनत र योगदानले नै राष्ट्रिय अर्थतन्त्र चलायमान बनेको उल्लेख गर्दै कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यम नभई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले श्रम संस्कृतिको प्रवद्र्धनसँगै कृषि क्षेत्रमा आधुनिक प्रविधि, लगानी र बजार पहुँच विस्तार आवश्यक रहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनका अनुसार कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र आत्मनिर्भरतासँग जोड्न राज्य, निजी क्षेत्र र सबै सरोकारवाला निकाय एकताबद्ध भएर अघि बढ्नुपर्छ। विशेषगरी युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्न अनुकूल वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले विदेशबाट फर्किएका युवाको सीपलाई कृषि क्षेत्रमा उपयोग गर्न सकिने उल्लेख गर्दै कृषि कर्जा, बीउ–मलको समयमै आपूर्ति, कृषि बीमा र प्रविधि पहुँचलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए । साथै उत्पादन वृद्धि गरी आयात घटाउने र निर्यात बढाउने नीति आवश्यक रहेको उनले बताए ।

सो अवसरमा राष्ट्रपति पौडेलले देशका विभिन्न क्षेत्रका १४ जना उत्कृष्ट कृषकलाई जनही २ लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गर्दै उनीहरूको योगदानको सम्मान गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?