National life

गोरु पाल्ने किसानलाई प्रतिहल ५ हजार भत्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ असार २०८०, बिहिबार
1.1kShares
गोरु पाल्ने किसानलाई प्रतिहल ५ हजार भत्ता
ncell

पाल्पा । गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को कार्यालयले गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याएको छ।

आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिइने रिब्दिकोट गाउँपालिका–१ को वडा कार्यालयले जनाएको छ।

गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर रु ५ हजार भत्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

उनका अनुसार नयाँ किन्नेलाई रु ५ हजार, घरमा नियमित पालिरहने किसानलाई वार्षिक रुपमा २ हजार ५ सय भत्ता दिइनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरुको संरक्षण र खेतबारी बाँझिन नदिन गोरुपालनमा भत्ताको कार्यक्रम ल्याइएको हो।

“घरमा गोरु पालियो भने खेतबारी बाँझिदैन, अहिले त घरमा भएका गोरु हटाउन थालियो, खेतबारी बाँझै राख्ने, बजारबाट अनाज किनेर खाने आदत बसेको छ, घरको उत्पादनले जीविका चलाउन प्रोत्साहन दिन यस कार्यक्रम ल्याइएको छ”, वडाध्यक्ष पोखरेलले भने।

कृषिलाई बढवा दिन यो नीति लिएको वडाध्यक्ष पोखरेल बताउँछन्। गोरु पाल्दा सामान्य परिवारलाई ठूलो राहत मिल्छ। घरका गोरु, घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुनेछ। गोरुको मलसमेत खेतबारीमा प्रयोग गर्न पाइने हुँदा गोरु पाल्ने किसानलाई वडाले प्रोत्साहन भत्ताको व्यवस्था गर्न लागेको हो।

अहिले गाउँघरमा एकहल गोरुले खेतबारी जोतेमा दैनिक २ हजार ५ सयसम्म ज्याला दिइन्छ। घरमै गोरुपालन गरियो भने किसानका खेतबारी बाँझिने भएनन् भने अर्कातर्फ खेतबारी जोतेर राम्रै कमाउन सकिनेछ। रासस

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?