National life

भरतपुर महानगरपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
667Shares
भरतपुर महानगरपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान
ncell

चितवन । भरतपुर महानगरपालिकाले दुग्ध कृषकलाई अनुदान रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले कृषकलाई संयुक्तरूपमा चेक हस्तान्तरण गरेका हुुन् ।

आर्थिक वर्ष २०७९/८० मा दुग्ध सहकारीमा आबद्ध कृषकले सङ्कलन गरेको दुई करोड चार लाख लिटर दूधको प्रतिलिटर रु तीनका दरले रु छ करोड १२ लाख हस्तान्तरण गरिएको हो ।

आव २०७४/७५ बाट भरतपुर महानगरपालिकाले दूधमा नेपालमै पहिलोपटक अनुदान दिन सुरु गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पच्चीस पैसाबाट सुरु गरेको अनुदान रकम चालु आवमा रु तीन पुगेको हो । गत आवमा आठ हजार सात सय ३५ कृषकले अनुदान पाएकामा चालु आवमा ११ हजार पाँच सय ३४ जनाले अनुदान पाएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख दाहालले भरतपुरको दूध उत्पादनमा वृद्धि गर्न प्रोत्साहन गर्ने उदेश्यसहित २५ पैसाबाट सुरु गरिएको अनुदान प्रभावकारी देखिएको बताइन्। प्रदेशले दिने अनुदानलाई महानगरमार्फत रु पाँच दिने गरी व्यवस्था मिलाउन अनुरोध गरिएको उनले जानकारी दिइन् ।

भरतपुर महानगरपालिकाले कृषकलाई लक्षित गरी पशु स्वास्थ्य घरदैलो उपचार, गोठ सुधार, पशु खरिदमा अनुदान, बाख्रा, बङ्गुर तथा हाँस वितरण गरेको छ । यस्तै विभिन्न यन्त्र उपकरण, प्राविधिक तालिम, पाँच सयवटा काउम्याटलगायतका सामग्री वितरण गरिएको प्रमुख दाहालले बताइन् ।

महानगरपालिका उपप्रमुख अधिकारीले कृषकलाई थप व्यावसायिक बनाउन अनुदानले सहयोग पुर्याउने बताए । महानगरपालिकाले उत्पादन वृद्धि गर्ने नीति लिएअनुरुप कृषिमा आधुनिकीकरणतर्फ जाने कार्यक्रम ल्याइएको उनले उल्लेख गरे । रासस

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?