National life

सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्छ : साँसद रायमाझी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३२ जेठ २०८०, बिहिबार
783Shares
सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्छ : साँसद रायमाझी
ncell

काठमाडौँ । प्रतिनिधिसभा सदस्य बिजुला रायमाझीले वास्तविक कृषकलाई प्रोत्साहन हुनेगरी बजेट नआएको बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले आर्थिक वर्ष २०८०/८१ को बजेट वास्तविक कृषकलाई प्रोत्साहन हुनेगरी नआएको बताएकी हुन् ।

रायमाझीले कृषिप्रधान देश भनिएपनि वास्तविक कृषकलाई प्रोत्साहन हुने ठोस योजना बजेटमा नदेखिएको बताइन् ।

साथै उनले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै सदस्य विद्या भट्टराईले पोखरामा वर्षा हुनासाथ जलमग्न हुने समस्या रहेको बताइन् । उनले वर्षा यामको पानीलाई व्यवस्थित ढल निकासको लागि सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिनिधिसभा सदस्य सोविता गौतमले देशमा जलवायु आपत्काल आउन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले अकल्पनीय कठिनाइ आउने निश्चित देखिएको बताइन् ।

त्यस्तै प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले नीतिगत भ्रष्टाचार गाउँ गाउँसम्म पुगेको बताए । उनले यसलाई समयमै प्रभावकारी ढंगले नियन्त्रण नगरे संघीयताको औचित्य नै समाप्त हुन सक्ने बताए ।

श्रेष्ठले अख्तियारले नीतिगत भ्रष्टाचारलाई अनुसन्धानको दायरामा नसमेटिनु मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताए ।

यो समाचार शेयर गर्नुहोस्
783SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?