National life

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा उपलब्ध गराउन सरकारले खरिद प्रक्रिया अघि बढाउने भएको छ ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|०६ असोज २०८३, मङ्गलबार
366Shares
रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
ncell

काठमाडौं – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा उपलब्ध गराउन सरकारले खरिद प्रक्रिया अघि बढाउने भएको छ ।

आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट रु १० अर्ब बराबरको स्रोत सहमति प्राप्त भएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ ।

स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक रासायनिक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।

किसानले खेती गर्ने समयमा मल अभाव व्यहोर्न नपरोस् भन्ने उद्देश्यले समयमै मल व्यवस्थापन गर्न खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन मन्त्री चौधरीले निर्देशन दिएको सचिवालयले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
366SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?