National life

गलत लेबल राखेर मल बेच्नेलाई कारबाही चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०१ जेठ २०८३, शुक्रबार
1.3kShares
गलत लेबल राखेर मल बेच्नेलाई कारबाही चेतावनी
ncell

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको गुणस्तर र मापदण्ड पालन गर्न आयातकर्ता तथा डिलरहरूलाई कडाइका साथ निर्देशन दिएको छ।

मन्त्रालयले रासायनिक मल नियन्त्रण आदेशअनुसार तोकिएको ‘स्पेसिफिकेसन’ विपरीत गलत विवरण वा लेबल प्रयोग गरी मल आयात, मिश्रण तथा बिक्री वितरण नगर्न सचेत गराएको हो।

मन्त्रालयका कृषि अर्थ विज्ञ महानन्द जोशीका अनुसार सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी वा दुरुपयोग गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।

उनले तोकिएको तत्वीय संरचना, न्यूनतम–अधिकतम पोषक तत्वको मात्रा तथा भौतिक र रासायनिक गुणस्तर पूरा गरेको मल मात्र बजारमा ल्याउन र बिक्री गर्न पाइने स्पष्ट पारे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, मन्त्रालयले किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका आधिकारिक बिक्री केन्द्र वा दर्ता भएका विश्वसनीय डिलरमार्फत मात्र मल खरिद गर्न सुझाव दिएको छ।

मल खरिद गर्दा यसको मूल्य, स्रोत र गुणस्तरबारे आवश्यक जानकारी लिएर मात्र किनमेल गर्न पनि किसानलाई आग्रह गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?