National life

बर्ड फ्लु जोखिम बढेपछि भेटेरिनरी एशोसिएसनद्वारा २४सै घण्टा निःशुल्क हटलाइन सेवा सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२९ असार २०८३, सोमबार
909Shares
बर्ड फ्लु जोखिम बढेपछि भेटेरिनरी एशोसिएसनद्वारा २४सै घण्टा निःशुल्क हटलाइन सेवा सुरु
ncell

काठमाडौं - नेपालमा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि नेपाल भेटेरिनरी एशोसिएसनले २४सै घण्टा सञ्चालन हुने निःशुल्क हटलाइन तथा टेलिपरामर्श सेवा सुरु गरेको छ।

पशु स्वास्थ्य, जनस्वास्थ्य तथा पोल्ट्री उद्योगको सुरक्षालाई प्राथमिकतामा राख्दै बर्ड फ्लुसम्बन्धी आधिकारिक सूचना, वैज्ञानिक परामर्श तथा आपत्कालीन प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको एशोसिएसनले जनाएको छ।

एशोसिएसनका अनुसार बर्ड फ्लु एक तीव्र संक्रामक तथा जुनोटिक भाइरसजन्य रोग भएकाले यसले पोल्ट्री उद्योगमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। यही जोखिमलाई ध्यानमा राख्दै किसान, पोल्ट्री व्यवसायी, मासु तथा अण्डा उपभोक्ता र सर्वसाधारणलाई लक्षित गरी हटलाइन सेवा सञ्चालन गरिएको हो। सेवा लिन इच्छुकले निःशुल्क हटलाइन नम्बर ११५९ मा सम्पर्क गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हटलाइनमा पोल्ट्री विज्ञान, पक्षी रोग, महामारी विज्ञान तथा पशु स्वास्थ्य क्षेत्रमा अनुभवी विशेषज्ञ भेटेरिनरी चिकित्सकहरू स्वयंसेवी रूपमा आबद्ध रहेको एशोसिएसनले जनाएको छ। नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. केदार सुवेदीले बर्ड फ्लुको जोखिमका बेला अफवाहमा विश्वास नगरी आधिकारिक सूचना र विशेषज्ञको परामर्श लिन किसान, व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेका छन्।

महासचिव डा. शंकर न्यौपानेका अनुसार बर्ड फ्लुसम्बन्धी परामर्शका साथै सबै प्रकारका पशुधनका लागि राष्ट्रियस्तरको टेलिमेडिसिन सेवा विकास गर्ने लक्ष्यसहित हटलाइन सेवा पुनः सञ्चालन गरिएको हो।

उनका अनुसार हटलाइनमार्फत बर्ड फ्लुसम्बन्धी आधिकारिक तथा वैज्ञानिक जानकारी, शंकास्पद लक्षण देखिएका कुखुरा तथा अन्य पक्षीबारे प्रारम्भिक प्राविधिक परामर्श, रोगको रिपोर्टिङ तथा सम्बन्धित सरकारी निकायसँग समन्वयका लागि मार्गदर्शन, मासु तथा अण्डाको सुरक्षित उपभोगसम्बन्धी सुझाव, ‘एक स्वास्थ्य’ अवधारणाबारे जनचेतना तथा आकस्मिक पशु स्वास्थ्य समस्याका लागि प्रारम्भिक टेलिमेडिसिन सेवा उपलब्ध गराइनेछ।

एशोसिएसनले बर्ड फ्लुको जोखिमका बेला आधिकारिक सूचनामात्र विश्वास गर्न तथा कुनै शंका वा समस्या देखिएमा हटलाइन सेवा उपयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
909SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?