National life
cg eloctronics

कृषि आधुनिकीकरणमा नयाँ पहल, चीनको सहयोगमा ठूलो परियोजना शुभारम्भ

प्रविधि र तालिममार्फत कृषक सशक्त बनाउने लक्ष्यसहित नयाँ कार्यक्रम सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|०४ साउन २०८३, सोमबार
1.5kShares
कृषि आधुनिकीकरणमा नयाँ पहल, चीनको सहयोगमा ठूलो परियोजना शुभारम्भ
muktinatha bikash bank

काठमाडौँ । चीन सरकारको सहयोगमा नेपालको कृषि तथा खाद्य प्रणाली सुदृढ बनाउन लक्षित नयाँ परियोजना सुरु गरिएको छ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा औपचारिक रूपमा शुभारम्भ गरिएको उक्त परियोजना ‘ग्लोबल डेभलपमेन्ट एन्ड साउथ–साउथ कोअपरेसन फण्ड’मार्फत सञ्चालन हुनेछ। यसको कार्यान्वयनमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र नेपाल सरकारबीच सहकार्य रहनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले कृषि क्षेत्र नेपालको आर्थिक विकास, खाद्य सुरक्षा र गरिबी न्यूनीकरणको प्रमुख आधार भएको उल्लेख गर्दै दुई देशबीच सहकार्य विस्तार गर्ने ठूलो सम्भावना रहेको बताए। भौगोलिक निकटता र ऐतिहासिक सम्बन्धले कृषि साझेदारीलाई अझ सुदृढ बनाउने उनको भनाइ थियो।

उनले विगतमा चीनको सहयोगमा सञ्चालन भएका खोकनाको तरकारी तालिम केन्द्र, झापाको पशुपालन तथा मत्स्य परियोजना र चितवनको उन्नत धान खेतीजस्ता कार्यक्रमहरूले कृषि उत्पादनमा सकारात्मक प्रभाव पारेको बताए।

चीनको अनुभव उल्लेख गर्दै उनले सीमित स्रोतका बाबजुद ठूलो जनसंख्यालाई खाद्यान्न उपलब्ध गराउन सफल भएको उदाहरण प्रस्तुत गरे र उक्त अनुभव तथा प्रविधि नेपालसँग साझा गर्न प्रतिबद्धता जनाए।

everest bank

परियोजनामार्फत प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदानप्रदानमा जोड दिइनेछ। यसले कृषकको क्षमता विकास गर्दै कृषि प्रणालीलाई थप दिगो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?