National life

कालीमाटी तरकारी बजारमा किसानहरूको प्रदर्शन, कृषिमन्त्रीको राजीनामा माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ साउन २०८०, सोमबार
1.3kShares
कालीमाटी तरकारी बजारमा किसानहरूको प्रदर्शन, कृषिमन्त्रीको राजीनामा माग
ncell

काठमाडौं । कालीमाटी तरकारी बजारमा किसानहरूले प्रदर्शन गरेका छन् । कालिमाटी तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग राखेर किसानहरु आन्दोलित भएका हुन् ।

सोमबार ९ वटा किसान संघसंगठनसँग आवद्ध राष्ट्रिय किसान सञ्जालले सोमबार कालिमाटी तरकारी बजारमा प्रदर्शन गरेको हो ।

उनीहरुले कृषिमन्त्री वेदुराम भुसालको राजीनामा माग गर्दै कालिमाटी र बालाजु तरकारी बजारको भाडा सम्झौता खारेज गर्न माग गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तरकारी बजारका सटर र स्टलहरु खुल्ला प्रतिस्पर्धाका अधारमा भाडामा लगाउनुपर्ने, विना प्रतिस्पर्धा भाडामा दिन सम्झौता खारेज गर्नुपर्ने, ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याउनुपर्ने, किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर्नुपर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?