काठमाडौँ । सरकारले कृषि गणना २०७८ सार्वजनिक गरेको छ । सार्वजनिक गरेको कृषि गणना २०७८ अनुसार तरकारी बाली लगाउने कृषकको परिवार संख्या १९ लाख ७७ हजार ५ सय ७१ रहेकाे छ ।
कुल तरकारी कृषकमध्ये ५ लाख २८ हजार १२ परिवारले तरकारीमा विषादीको प्रयोग गर्छन् । यसमध्ये पनि ६८ हजार एक सय १४ परिवारले तरकारीमा कडा विषादीको प्रयोग गर्दै आएका छन् ।
त्यस्तै ३ हजार ६ सय ९७ परिवारले तरकारीमा अध्यधिक कडा विषादीको प्रयोग गर्दै आएका छन् ।
कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार भक्तपुर, काभ्रे र तराईका सीमा क्षेत्रमा जिल्लाहरुमा लगाइएको तरकारीमा अध्यधिक कडा विषादीको प्रयोग गर्ने गरेको तथ्यांक संकलनका क्रममा बताएका छन् ।


































