National life

इनड्राइभद्वारा नयाँ सुरक्षा अभियान सुरु, बीमा पनि समेटिने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०८ पुस २०८२, मङ्गलबार
1.2kShares
इनड्राइभद्वारा नयाँ सुरक्षा अभियान सुरु, बीमा पनि समेटिने
ncell

काठमाडौँ । राइड सेयरिङ प्लेटफर्म इनड्राइभले यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईंकै रोजाइमा’ नामक बृहत् सुरक्षा अभियान सुरु गरेको छ । काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममाझ कम्पनीकी ब्राण्ड एम्बेस्डर नायिका स्वस्तिमा खड्काले उक्त अभियान सार्वजनिक गरेकी हुन् ।

अभियानको मुख्य उद्देश्य प्रयोगकर्ताहरूलाई एपमा उपलब्ध सुरक्षा सुविधाहरूबारे विस्तृत जानकारी गराउँदै यात्रालाई थप सुरक्षित र विश्वसनीय बनाउनु रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै ब्राण्ड एम्बेस्डर खड्काले इनड्राइभबारे समाजमा रहेका केही भ्रमहरूलाई यो अभियानले चिर्ने विश्वास व्यक्त गरिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘कतिपयमा इनड्राइभमा यात्रा सुरक्षित छैन कि वा यसमा बीमाको सुविधा छैन कि भन्ने गलत बुझाइ छ,’ उनले भनिन्, ‘यो अभियानले एपमा भएका हरेक सुरक्षा सुविधाहरूलाई सरल तरिकाले यात्रुसम्म पुर्याउनेछ । तपाईंको रोजाइमा सुरक्षित यात्रा तय गर्ने स्वतन्त्रता इनड्राइभले दिएको छ।’ उनले यो सकारात्मक सन्देश आम प्रयोगकर्तासम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।

इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेलका अनुसार इनड्राइभले सुरक्षालाई आफ्नो प्रमुख उत्तरदायित्व मानेको छ । इनड्राइभले अभियानमार्फत सुरक्षा सुविधाहरूको बारेमा जानकारी गराएको छ। जसमा यात्रुले आफूलाई लिन आउने विभिन्न राइडरहरूको प्रोफाइल, रेटिङ र उनीहरूले पूरा गरेको राइड संख्या हेरेर आफूलाई सबैभन्दा सुरक्षित लाग्ने राइडर छनोट गर्न सक्छन् ।

यात्राको क्रममा यात्रुले आफ्नो लाइभ लोकेसन परिवार वा साथीभाइलाई सजिलै सेयर गर्न सक्छन्, जसले गर्दा उनीहरू कहाँ पुगे भनेर ट्र्याक गर्न सकिन्छ । कुनै असुरक्षित महसुस भएमा एपबाटै सिधै प्रहरी वा आफ्नो आपत्कालीन सम्पर्क व्यक्तिलाई कल गर्न सकिने सुविधा छ ।

यात्रा सकिएपछि यात्रुले राइडरलाई र राइडरले यात्रुलाई रेटिङ दिन सक्छन्। यसले दुवै पक्षलाई मर्यादित र जिम्मेवार बनाउन मद्दत गर्छ । इनड्राइभमार्फत हुने हरेक यात्रा बीमाद्वारा सुरक्षित गरिएको छ । जसले गर्दा यात्रु र राइडर दुवैले ढुक्क महसुस गर्न सक्छन् । ‘हिडन कल फिचर’ ले गर्दा यात्रु र चालकको व्यक्तिगत फोन नम्बर गोप्य रहन्छ । जसले गर्दा व्यक्तिगत विवरण सुरक्षित हुन्छ ।

इनड्राइभकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले यी सुविधाहरू प्रयोग गर्न अल्छी नगरी हरेक यात्रामा उपयोग गर्न प्रयोगकर्ताहरूलाई आग्रह गरिन् । ‘हामीले राइड सुरु हुनुअघि, यात्राको दौरान र यात्रापछि, तीनवटै चरणमा सुरक्षा सुनिश्चित गर्ने फिचरहरू राखेका छौं,’ उनले भनिन् ।

इनड्राइभले यात्रुको सुरक्षाका साथै आफ्ना राइडरहरूलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ ।

हालै मात्र ‘प्ल्याटिनम गिभ अवे’ कार्यक्रमअन्तर्गत कार र बाइक प्रदान गरेको कम्पनीले क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै फेरि नयाँ उपहार योजना ल्याएको छ । यसअन्तर्गत उत्कृष्ट राइडरले कार, बाइक, स्मार्टफोन, स्मार्टवाच र फ्युल भौचर जित्ने मौका पाउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?