National life
cg eloctronics

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२८ फागुन २०८२, बिहिबार
2.4kShares
‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’
muktinatha bikash bank

काठमाडौँ। इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूको विश्वास, समर्पण र निरन्तर उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ।

सम्मान समारोहमा इनड्राइभ प्लेटफर्ममा दीर्घकालीन प्रतिबद्धता र उत्कृष्ट सेवा प्रदान गर्दै आएका ड्राइभर पार्टनरहरूलाई विशेष रूपमा सम्मान गर्न विभिन्न ड्राइभर पार्टनरहरूलाई एकै ठाउँमा ल्याइएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले उपस्थित सबैलाई स्वागत गर्दै ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवाड्र्सः विश्वासको सम्मान’ कार्यक्रमको महत्वबारे प्रकाश पारिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उनले यो कार्यक्रम ड्राइभर–पार्टनर र यात्रुबीचको आपसी विश्वासलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको बताइन्, जुन नेपालमा इनड्राइभका सेवाहरू सञ्चालन हुने मुख्य आधार भएको बताईन् ।

अवार्ड वितरण समारोह विशेष अतिथि प्रियंका कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो । समारोहमा सुनिता जीमी राई, योक्ष द्वि आद्रियान्तो र अनास्तासिया तेरेन्तिएभाले संयुक्त रूपमा विभिन्न विधामा विजेताहरूलाई सम्मान प्रदान गरेका थिए ।

अवार्डका विधाहरूः

टप परफर्मिङ ड्राइभर पार्टनर– पाँच वर्ष

प्लेटफर्मप्रति दीर्घकालीन प्रतिबद्धता र निरन्तर योगदानको कदर गर्दै

- १० जना क्याब विजेता - १० जना मोटो विजेता

टप परफर्मिङ ड्राइभर पार्टनर– तीन वर्ष

निरन्तर उत्कृष्ट सेवा र समर्पणको सम्मान गर्दै

- १० जना क्याब विजेता - १० जना मोटो विजेता

टप परफर्मिङ ड्राइभर पार्टनर– २०२५

सन् २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका ड्राइभर–पार्टनरहरूलाई सम्मान गर्दै

- १० जना पुरुष क्याब विजेता - १० जना पुरुष मोटो विजेता - १० जना महिला क्याब विजेता - १० जना महिला मोटो विजेता

कुल ८० जना ड्राइभर–पार्टनरहरूलाई उनीहरूको व्यावसायिकता, विश्वसनीयता तथा काठमाडौँमा शहरी यातायातलाई सुदृढ बनाउन गरेको योगदानका लागि सम्मान गरिएको थियो ।

everest bank

कार्यक्रमको समापन सत्रमा बोल्दै एपीएसीका ड्राइभर्स मार्केटिङ्ग लीड योक्षा द्वी एड्रियान्टोले दीर्घकालीन प्लेटफर्म दिगोपनाका लागि सम्मान–आधारित संलग्नताको महत्वमा जोड दिए ।

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ जस्ता पहलमार्फत इनड्राइभ नेपालले केवल संख्यामा आधारित प्रदर्शन मात्र होइन, इमान्दारिता, विश्वास र उत्कृष्ट सेवा जस्ता मूल्यहरूलाई पनि सम्मान गर्दै आएको छ, जसले नेपालमा प्लेटफर्मको विकासलाई परिभाषित गर्छ।

यो समाचार शेयर गर्नुहोस्
2.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?